बुद्धशान्ति (पालिका सन्देश) । अविरल परेको वर्षा र हावाहुरीका कारण झापा जिल्लाका विभिन्न क्षेत्रको धानबालीमा क्षति पुगेको पाइएको छ । पसाउने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन् । जिल्लाको बुद्धशान्ति, मेचीनगर, अर्जुनधारा, कनकाई लगायतका क्षेत्रमा वर्षा र हावाहुरीका कारण धानबाली क्षति पुगेको बुद्धशान्ति–३ का किसान यामनाथ रिमाल बताएका छन् ।
वर्षासँगै आएको हावाले धानबालीमा क्षति पु¥याएको अर्जुनधारा १० का नरेन्द्र उप्रेतीले बताए । “भारी बर्षातका कारण धानबालीमा क्षति पुगेको छ”,उनले भने,“पसाउँदै गरेको धान खेतमा ढलेर सखाप भएको अवस्था छ, अझै यस्तै अवस्था रहेमा धानबालीमा ठूलो क्षति हुने अवस्था छ ।” जिल्लामा के कति क्षेत्रमा लगाइएको धानबालीमा क्षति पुग्यो भन्ने एकिन जानकारी नआएता पनि स्थानीय तहमार्फत क्षतिको विवरण संकलन गरिरहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।