Search
Close this search box.
Search
Close this search box.

अशक्त महिलालाई घरमै नागरिकता

हेटौँडा । एक पूर्ण अशक्त महिलालाई घरमै पुगेर नागरिकताका प्रमाणपत्र उपलब्ध गराइएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) भरतमणि पाण्डेले मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेकी ३२ वर्षीया लिलावती गिरीलाई शनिवार घरमै पुगेर नागरिकता उपलब्ध गराएका हुन् ।

EPIC

मानसिक सन्तुलन गुमाएकी गिरीलाई परिवार र आफन्तले जिल्ला प्रशासन कार्यालयसम्म पुर्‍याएर नागरिकता दिलाउन सम्भव नभएको भन्ने जानकारीपछि प्रजिअ आफैँ गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीसमेतको उपस्थितिमा शनिवार नागरिकता वितरणका लागि गिरीको घर पुगेका थिए ।

नागरिकता विहीनताको कारणबाट सरकार एवं स्थानीय तहबाट प्रदान हुने सुविधाबाट वञ्चित रहेकी लिलावती गिरीले अब ती सुविधाहरू प्राप्त गर्ने सुनिश्चितता भएको प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले बताए ।

नागरिकता प्राप्त गरेसँगै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सहज हुने परिवारको भनाई छ । साथै घरमै आएर मानसिक रूपमा अशक्तलाई नागरिकता प्रदान गरिएकोमा आफूलाई ठुलो राहत महसुस भएको भन्दै परिवारले खुसी व्यक्त गरेका छन् ।

अशक्त नागरिकहरूलाई जिल्ला प्रशासन कार्यालयले घरमा नै गएर नागरिकता प्रमाणपत्र दिँदै आएको छ ।

माओवादी द्वन्द्वको समयमा २०५९ सालमा घर नजिकै एम्बुस विस्फोट हुँदा गिरीले श्रवण शक्ति र मानसिक सन्तुलन गुमाएकी थिइन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *