अस्थिर युवा अवस्था !

20230701 195107


सीता खरेल।

भनिन्छ, युवा अवस्था परिवर्तन सम्भव हो । भनिन्छ युवा अवस्था नयाँ शक्ति बिस्तार गर्ने ऊर्जाशील समूह हो।।

EPIC EPIC EPIC EPIC EPIC

कुनै शहरको एकान्त ठाउँमा बसेर आफ्नो भविष्यलाई लक्ष्यको गन्तव्य स्थान सम्म पुर्याउने दृढ संकल्प लिएर अगाडि  वढ्नु कुनै कैदमा बसेको मानव भन्दा कम छैन ।

युवा अवस्थामा उत्पन्न हुने मनका अनेकौं ती वहाव र रहरहरूलाई बिट मार्दै आफ्नो मनलाई एकाग्रतापूर्ण रूपमा डाेर्याउन धेरै गाह्रो हुने।

मलाई लाग्थ्यो एउटा लक्ष्यमुखी मानव भइसकेपछि जीवनमा उत्पन्न हुने हरेक समस्याको उत्तम विकल्प अपनाएर समाधान गर्न सकिन्छ र चुनौतीलाई पनि  झेलेर अगाडि बढन सकिन्छ , तर यो महसुस हुन्छ कुनै पनि मानवले दृढ संकल्प लिएर मात्र नहुने रैछ । सर्वप्रथम  त आफ्नो मन लाई  नै एकाग्रता ल्याउनु पर्ने  रहेछ।

के युवा अवस्था अस्थिर अवस्था हो ? 

मलाई लाग्छ युवा अवस्था अस्थिर अवस्था  नै हो । किनकी यो अवस्था हाम्रो लागि जीवनको महत्त्वपूर्ण निर्णय  गर्ने देखी लिएर आफ्नो  भविष्यको मार्गदर्शक अवस्था समेत हो ।यो अवस्थामा यदि हामी  मनलाई स्थिर राख्यौं भने जीवन नै स्थिर हुन्छ कि मानव हुनु नहुनुको कुनै औचित्य रहँदैन।

त्यसैले मानवको युवा अवस्था लाई  अनेकौं अस्थिरता बाट एउटा स्थिर निर्णय लिएर त्यसमा केन्द्रित भयौ भने मात्र हामी जीवनको गन्तव्यमा पुग्न सक्छौ ।

– बुद्धशान्ति झापा ।।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *