धनगढी । बझाङमा अस्पताल लैजाने क्रममा गर्भवती महिला र नवजात शिशुको बाटोमै मृत्यु भएको छ । केदास्युँ गाउँपालिका १ की २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बाटोमै मृत्यु भएको हो । स्थानीय महिलाहरुले प्रसूति गराउनका लागि बोकेर अस्पताल लैजाने क्रममा बोहराले बाटोमै नवजात शिशुलाई जन्म दिएकी थिइन् ।
शिशु जन्मिएपछि अत्यधिक रक्तश्राव भएर उनको मृत्यु भएको केदास्युँ गाउँपालिका १ का वडाध्यक्ष वीरबहादुर भण्डारीले बताए । उनकाअनुसार शिशुको पनि केही समयपछि मृत्यु भएको थियो । बझाङ, बाजुरा, अछाम लगायत जिल्लाका दुर्गभ भेगमा समयमै प्रसुती महिलालाई स्वास्थ्य संस्थासम्म पुुगाउन नसक्दा बर्सेनि अकालमै ज्यान गुमाउनुपर्ने नियति भोग्नु परेको छ ।