आँखा दान गरेर अमर बनिन् बुद्धशान्तिकी रेनुका खतिवडा

झापा, जेठ ९ – “आँखा दान, महादान” भन्ने भावनालाई जीवनको अन्तिम क्षणसम्म आत्मसात गरेकी झापा बुद्धशान्ति गाउँपालिका–५ की ७२ वर्षीया रेनुका खतिवडा आज समाजका लागि एक प्रेरणादायी पात्र बनेकी छन्। उहाँले मृत्युपछि आफ्ना आँखा दान गर्ने निर्णयमार्फत जीवनपर्यन्तको मानवसेवा भावनालाई मृत्युपछिसमेत जीवित राखेकी छन्।

रेनुका खतिवडाको निधन पश्चात् परिवारजनले मेची आँखा अस्पताल बिर्तामोडलाई जानकारी गराएलगत्तै अस्पतालका नानी संकलन केन्द्रका इन्चार्ज पुष्प प्रसाद अधिकारी नेतृत्वको टोली उहाँको निवासमै पुगेर सफलतापूर्वक नानी संकलन गरेको हो।

EPIC EPIC EPIC EPIC EPIC

प्राप्त जानकारीअनुसार संकलित दुवै नानी भोलि नै दुई जना दृष्टिविहीन व्यक्तिमा प्रत्यारोपण गरिने तयारी छ। कोर्निया विशेषज्ञ डा. इशा बिष्टका अनुसार ती नानीहरूबाट दुई जना दृष्टिविहीन व्यक्तिले पुनः दृष्टि प्राप्त गर्नेछन्।

स्व. खतिवडाको यो योगदान समाजमा आँखादानप्रति सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। मेची आँखा अस्पतालले शोकसन्तप्त परिवारजन, इष्टमित्र, छरछिमेक तथा शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दै स्व. खतिवडाको योगदानप्रति उच्च सम्मान व्यक्त गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *