मंगोल नेशनल अर्गनाइजेसन झापा, बुद्धशान्ति गाउँपालिका वडा नं–४ को पूर्ण समिति गठन सम्पन्न भएको छ, जसमा संगठनका पूर्व कार्यकर्ता आइतबहादुर लिम्बु (अशोक) सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन्।
२०२५ अगस्ट ९ मा विश्व मूलवासी दिवसको अवसरमा बुद्धशान्ति गाउँपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा उक्त समिति गठन गरिएको हो।
वैदेशिक रोजगारका कारण केही समय विदेशमा रहेका लिम्बु अब पूर्ण रूपमा संगठनमा सक्रिय हुँदै बुद्धशान्तिलाई मंगोलमय बनाउने अठोटसहित स्थानीय स्तरबाटै अस्तित्वको संघर्षलाई अघि बढाउने दृढ संकल्प व्यक्त गरेका छन्।