आईएमई लाइफद्वारा चारदिनमै १० लाखको मृत्यु दाबी भुक्तानी

तीर्थ तिम्सिना,
झापा(पालिका सन्देश) – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लि. बिर्तामोड शाखा कार्यालयले १० लाखको मृत्यु दावी भुक्तानी गरेको छ । आफ्नो शाखा अन्तर्गत बीमा गरेको एक वर्ष पुरा नहुँदै झापा बुद्धशान्ति -५ का महेन्द्र पौडेलको २०७८ साउन ५ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

२०७७ असोज २१ गते बिर्तामोड शाखाबाट १० लाखको बिमा गरेका थिए । पहिलो किस्ता बापतको रकम मात्र तिरेका थिए ।

EPIC EPIC EPIC

मृतक पौडेलको परिवारले बीमा भुक्तानीका लागि आवश्यक कागजात बुझाएको ४ दिन भित्रै मृत्यु दावी भुक्तानी गरेर बिमाको इतिहासमा फड्को मारेको कम्पनीका बिर्तामोड शाखाका प्रमुख महेन्द्र तिम्सिनाले बताएका छन् ।

पछिल्लो समय बीमा कम्पनीबाट पाउनुपर्ने रकम समयमै नपाउने, कागजी प्रकृया लामो र झन्झटिलो हुने समस्याबीच कम्पनीले एक हप्ता भित्रै दाबी भुक्तानी दिएर बीमा प्रतिको विश्वास कायम राख्न सफल भएको आईएम ई लाईफ इन्स्योरेन्स कम्पनीका प्रदेश १ प्रमुख मिलन दाहालले बताए ।

उनले आईएम ई कम्पनीले ल्याएका नयाँ नयाँ प्रबिधि मार्फत आउँदो दिनमा घरैमा बसेर बिमाको भुक्तानी लिन सकिने समेत बताए । आजका दिनसम्म कम्पनीले कुनैपनि बिमा दावी बाँकी नरहेको सुनाए ।

सोमबार एक कार्यक्रमको आयोजना गरि घरैमा गएर कम्पनीका तर्फबाट बिर्तामोड शाखाका प्रमुख तिम्सिना, प्रदेश १ प्रमुख मिलन दाहाल जनप्रतिनिधि लगायतको उपस्थितिमा मृतककी श्रीमती लिलामाया सापकोटा पौडेललाई १० लाख १३ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ का वडाध्क्ष बाशुदेव खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर ६ का वडाध्क्ष शम्भु पौडेल, कम्पनीका प्रदेश १ प्रमुख मिलन दाहाल,बिर्तामोड शाखाका प्रमुख महेन्द्र तिम्सिना, कर्णाली एजुकेसन फाउन्डेसनका प्रबन्ध निर्देशक छत्र कार्की,चिफ एजेन्सी मेनेजर नगेन्द्र कुमार श्रेष्ठ, हरिकुमार खनाल, यामकुमार राई, सिनियर एजेन्सी मेनेजर गङ्गाराम गड्तौला, हरिकुमार पुरि, गोपाल गौतम, नारायण प्रसाद पोखरेल , स्थानीय, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन एजेन्सी मेनेजर गङ्गाराम गड्तौलाले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *