काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँललाई दोस्रो कार्यकालका लागि समय थप भएको छ।
कम्पनीको सञ्चालक समितिको साउन १४ गते बसेको २०१ औँ बैठकको निर्णयअनुसार यस कम्पनीका फुयाँलको कार्यकालको समय थप गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस भएकोमा प्राधिकरणबाट साउन २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरी स्वीकृति प्राप्त भएको कम्पनीले जानकारी दिएको छ।