आईपीएल च्याम्पियन बनेको आरसीबीको उत्सवमा भागदौड : ७ को मृत्यु, दर्जनौँ घाइते

काठमाडौं। आईपीएलमा पहिलो पटक च्याम्पियन बनेको रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)को उत्सव शोकमा परिणत भएको छ। चिन्नास्वामी स्टेडियम बाहिर फ्यानहरूको ठुलो भीड जम्मा भएको थियो।

उत्सवको क्रममा रंगशाला भित्र र बाहिर अचानक भीड अनियन्त्रित भएपछि अराजकता मच्चियो। यसमा धेरै मानिस कुचिए र दर्जनौँ घाइते भएका छन्। घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ।

EPIC EPIC EPIC EPIC EPIC

समाचार एजेन्सी रोयटर्सले टिभी च्यानलहरूलाई उद्धृत गर्दै भागदौडमा ७ जनाको मृत्यु भएको बताएको छ। साथै २५ जनाभन्दा बढी घाइते भएको बताइएको छ। फ्यानहरू ठुलो संख्यामा रंगशालामा पुगेका छन्। 

आरसीबीले १८ वर्षमा पहिलो पटक आईपीएलको उपाधि जितेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको फाइनल खेलमा आरसीबीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्‍यो। रजत पाटीदारको कप्तानीमा आरसीबीले इतिहास रचेको हो। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *