Search
Close this search box.
Search
Close this search box.

आगलागीमा परि दुई सय बाख्रा मरे, डेढ करोडको क्षति

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० लप्सेमा रहेको विष्णु कृषि एग्रो फार्ममा आइतबार आगलागी हुँदा २०० बाख्रा जलेर मरेका छन् ।

आगलागीका कारण बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट हुँदा रु एक करोड ५० लाख बराबरको क्षति भएको सञ्चालक विनोद खड्काले जानकारी दिनुभयो । हाई भोल्टेजका कारण विद्युत् लाइन सर्ट भई आगलागी भएको हुनसक्ने स्थानीय मीनराज गिरीले बताउनुभयो । वैदेशिक रोजगारबाट फर्किएका खड्काले रु एक करोड लगानी गरेर बयर जातका बाख्रा फार्म सञ्चालन गर्दै आउनुभएको थियो ।

EPIC

आधुनिक तरिकाले खोर बनाएर दुई तलामै खड्काले बाख्रापालन गर्दै आउनुभएको थियो । खोरमा रहेका एउटै बयर जातका बोका तथा बाख्राको रु एकलाख ५० हजारदेखि दुई लाखसम्म मूल्य पर्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *