आगलागी भएको घरमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु बुद्धशान्ति

बुद्धशान्ति। राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु बुद्धशान्ति गाउँ कमिटिले आगलागी भएको स्थानमा आगलागी नियन्त्रण तथा सरसफाइमा खटिएका छन्।

झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडामा शुक्रबार दिउँसो आगलागी भएर अन्दाजी ३५ लाख बराबरको क्षति भएको छ।

EPIC EPIC EPIC EPIC EPIC

बुद्धशान्ति–२ गोपालडाँडाका ६२ वर्षीय शशिधर नेपालको घरमा कुटि काट्ने क्रममा बिद्युत् सर्ट भई आगलागी भएको हो। आगोलागी भएको भोलिपल्ट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु बुद्धशान्ति गाउँ कमिटिले आगोलागी भएको घरमा जलेर नस्ट भएका सरसामानहरुको निकाल्न र सरसफाई गर्न सहयोग गरेका छन्। जलेर नस्ट भएको घरका समान निकाल्न स्थानीय बासिन्दा, आफन्तजनले बिहानै बाट सुरु गरेका थिए।

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु बुद्धशान्ति गाउँ कमिटिले यस अगाडी बुद्धशान्ति ५ , पानीघट्टामा आगोलागी भएर विस्तापित भएको पेम्बा सेर्पाको घर पुनर्निर्माण गरि हस्तान्तरण गरेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *