आगामी तीन दिनसम्म देशभर भारी वर्षा

काठमाडौं, असार १८। हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको नजिकै रहेकाले देशका अधिकांश भागमा वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने अन्य प्रदेशहरूमा मौसम मुख्यतः सफा देखि आंशिक बदली रहेको छ।

मौसम पूर्वानुमान अनुसार आज असार १८ गते देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, ती प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। राति पनि देशभर सामान्य बदली रहनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। तीमध्ये कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

भोलि असार १९ गते पनि सबै प्रदेशका पहाडी भू-भागहरूमा सामान्य बदली रहनेछ भने अन्य भू-भागमा आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानहरूमा तथा अन्य केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। राति देशभर सामान्य बदली रहने र कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। तीमध्ये केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, असार २० गते पनि पहाडी भू-भागहरूमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनसक्नेछ। तीमध्ये केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने अनुमान गरिएको छ।

महाशाखाले नदी–नालामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ। साथै, पहिरोको जोखिम रहेका पहाडी क्षेत्रमा विशेष सावधानी अपनाउन र कृषिकर्म तथा यातायातजस्ता कार्यमा मौसमको अवस्थालाई ध्यानमा राख्न अनुरोध गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *