काठमाडौं । देशभरको मौसममा आज पनि आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन् ।
प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानहहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अहिले बिहान देशभर आंशिक बदली रहेको छ । हाल नेपालमा अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविद्ले जानकारी दिएका छन् ।