आजको मौसम: देशै भरि बदली हुने, केही स्थानमा हल्का वर्षा

देशभर आजको मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने मौसमविद्ले जानकारी दिएका छन् ।

महाशाखाले जारी गरेको सूचना अनुसार आज प्रदेश १ र गण्डकीका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । यी दुई प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको जनाइएको छ ।

EPIC EPIC EPIC

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १ र गण्डकीका हिमाली भू–भागका केही स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च