आजको मौसम: प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशका पहाडी भू–भागमा आजको मौसममा आंशिक बदली रही बाँकी भू–भागहरूमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

EPIC EPIC EPIC EPIC EPIC

अहिले बिहान प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।

आज राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *