आजको राशिफल : मिथुन राशि भएका व्यक्तिहरूको स्वास्थ्य बिग्रने भय छ ।

आजको राशिफल

आज २०७८ साल कार्तिक २५ गते बिहीवारको राशिफल ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

EPIC EPIC EPIC

रमणीय यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । बौद्धिकताको विकास हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय पनि रहेको छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

राजनैतिक कार्यमा बाधा आउला । शेयर बजारमा दुबिधा उत्पन्न हुनेछ । स्वास्थ्य बिग्रने भय पनि छ, तर साँझमा धन हात पर्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

पार्टी तथा सेमिनारमा सहभागी भइएला । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । लाभदायक यात्रा रहनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज नयाँ रोजगारको अवसर मिल्नेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । आफन्त वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज आँटेको र ताकेको कार्य पुरा होला । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । लाभदायक र सुखद् यात्रा हुने योग पनि छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

जोश जाँगर र उमंग बढ्ला । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । पारिवारिक सहयोग मिल्ला । दिनको उत्तरार्ध सुखद् रहनेछ । पुँजी बजारबाट धन लाभ हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

वैदेशिक कार्य अघि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि रहला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज आफ्नो अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आर्थिक कारोबारमा विवाद आउनसक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आज दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाइसँग समय बित्नेछ । रमणीय र सुखद् यात्राको योग छन् । आत्मबल र हिम्मत पनि बढ्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।- ज्यो.प. नारायणप्रसाद दुलाल

– ज्यो.प. नारायणप्रसाद दुलाल

साभार: हाम्रो पात्रो

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *