आजदेखि नयाँ नोट सटही सुरु, एक जनाले १८ हजार ५ सयसम्म साट्न सकिने

झापा। आज देखि नयाँ नेपाली रुपैयाँ साटन पाइने भएको छ । नेपालीहरुको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर आज देखि नयाँ नोट साटन पाइने भएको हो । 

EPIC

जसका लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा सर्ब साधारणलाइ दिँदैछ । जसअनुसार नेपाल राष्ट्र बैङ्कले काठमाण्डौ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्ने सुबिधा दिएको हाे । 

EPIC EPIC EPIC

उता, काठमाण्डौ उपत्यका बाहिरको हकमा भने राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा बिभिन्न वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नयाँ नोट साट्न सकिने गरी ब्यबस्था मिलाएकाे छ ।


राष्ट्र बैङ्कले हरेक बर्ष दशै‌ अगावै चाडबाडकाे अवसरमा नयाँ नोट सटहीको सुविधा सर्बसाधारणलाइ दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बै‌कले जनाएकाे छ । प्रति ब्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको बव्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *