आजदेखि सिनेमा हलमा ‘जन्ते बाख्रो’

काठमाडौं– आज जेठ २३ गते शुक्रवारदेखि देशभरीका सिनेमा हलमा नयाँ नेपाली फिल्म ‘जन्ते बाख्रो’ को सार्वजनिक प्रदर्शन प्रारम्भ भएकोछ ।

केही दिनअघि नै अग्रीम बुकिङ खुला गरिएको यो फिल्मले केन्द्रीय चलचित्र जाँचपास समिति अर्थाैत सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । यसअघि गत बुधवार काठमाडामा आयोजित प्रीमियर शोमा यो फिल्मले उत्कृष्ट प्रतिक्रियाका साथै मनोरञ्जनात्मक फिल्मको संज्ञा पाइसकेको छ ।

EPIC EPIC EPIC EPIC EPIC

नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । फिल्मको कथावस्तु यसैको वरिपरि आधारित रहको छ ।

यो फिल्मलाई पहिलो दिन उत्साहजनक सिनेमा हल तथा शो प्राप्त भएको छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १७ शो र मोफसलमा २० गरी ३७ शो उपलब्ध गराएको छ भने आईएनआई सिनेमाजले १२ शो, वान सिनेमाजले ७ शो, एफक्युब सिनेमाजले २ शो, बिग मुभिजले २ शो, बिएसआर मुभिजले २ शो गरी देशभर करिब १ सय ५० बढि शोसहित प्रदर्शनमा आउँदैछ ।



सिमोस सुनुवारको निर्देशनमा बनेको यो फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको जन्ते बाख्रो सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्वजको कथा, पटकथा तथा संवाद लेखन रहेको यो फिल्मका निर्माता सन्तोष गौतम हुन् ।

यो फिल्ममा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *