Search
Close this search box.
Search
Close this search box.

आजदेखि हल्दिबारी गाउँपालिका स्तरीय बुद्धिचाल खेल सुरु

झापा। हल्दिबारी गाउँपालिका स्तरीय प्रथम बुद्धिचाल प्रतियोगिताको आज हल्दिबारी वडा नं १ गोलधापमा उद्घाटन भएको छ।
हल्दिबारी बुद्धिचाल संघद्वारा आयोजना गरिएको प्रतियोगिता २ दिन सम्म चल्ने आयोजकले जनाएको छ।हल्दिबारी बुद्धिचाल संघका अध्यक्ष दिलकेशर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए।

हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र खेलका निर्णायक झापा बुद्धिचाल संघका महासचिव भूपेन्द्र निरौला को विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा, कार्यपालिका सदस्य शान्ता शिवाकोटी, वडा सदस्यहरू प्रकाश कार्की, रूपा रसाइली, कुलबहादुर राई,वडा नं २ का वडा सदस्य गणेश मगर, नेकपा एमाले हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटा, पूर्व शिक्षक त्रिलोचन मैनाली लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो।
प्रतियोगिताको प्रथम पुरस्कार रू
१० हजार, द्वितीय ७ हजार , तृतीय ४ हजार रहेको छ भने उत्कृष्ट १० खेलाडीलाई २ हजार पुरस्कार रहेको छ।
यसैगरी महिला, १६ वर्षमुनी तथा भेट्रान्स खेलाडीहरूलाई पनि प्रतिव्यक्ति २ हजार पुरस्कार रहेको अध्यक्ष थापाले जानकारी दिए ‌।
हल्दिबारी गाउँपालीकाले ५० हजार सहयोग गरेको खेलको व्यवस्थापन बुद्धिचाल संघ हल्दिबारीले गरेको हो।
खेलमा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, २ महिला सहित ५० जना सहभागी रहेका छन्।

EPIC

उदघाटन कार्यक्रम को संचालन उपाध्यक्ष नरेन राईले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *