आजबाट कचनकवलको भूतेश्वर शिवालय मन्दिरमा मेला लाग्दै

कचनकवल। झापाको कचनकवल गाउँपालिका–१, साविक घेरावारी–९, मागुरमारास्थित श्री भुत्तेश्वर महादेव मन्दिरमा सावन महिनाको पहिलो सोमबार आजदेखि विशेष मेला सुरु भएको छ। २०५६ सालदेखि बोलबम मेला प्रारम्भ गरिएको यस मन्दिरमा प्रत्येक सोमबार हजारौं भक्तजनको भीड लाग्ने गर्दछ।
समितिले अनुसार भुत्तेश्वर शिवालय मन्दिरको स्थापना २०१२ सालमा दुई जना साधुहरूले गरेका थिए। तर डकैतहरूको निरन्तर आक्रमणका कारण उनीहरू मन्दिर छोड्न बाध्य भएका थिए। पछि स्व. स्थानीय वैद्यनाथ राजवंशीले मन्दिरको लागि १ बिगाहा १६ कट्ठा र स्थानीय आर्यघाट व्यवस्थापनका लागि १ बिगाहा गरी कुल २ बिगाहा १६ कट्ठा जमिन प्रदान गरेका थिए।

स्थानीयहरूकै पहलमा २०५६ सालदेखि सावन पर्वमा बोलबम मेला सुरु भई आजसम्म निरन्तरता दिइएको हो।

EPIC EPIC EPIC EPIC EPIC

यस मन्दिरमा नेपाल र भारतका लाखौं भक्तजनहरूले भुत्तेश्वर महादेवमा दर्शन गरी आफ्नो मनोकामना पूरा हुने विश्वासका साथ सुन, चाँदी तथा बहर गोरु अर्पण गर्ने परम्परा रहेको छ।

आदिवासी राजवंशी समुदायले विशेषगरी सावन महिनाभर, प्रत्येक सोमबार र शिवरात्रिमा भगवान शिवको दर्शन गर्दा मनोकामना पूरा हुने आस्थाका साथ मन्दिरमा उपस्थित हुने गरेका छन्।

सावन महिनाभर सोमबारका दिन व्रत बस्ने र शिवालयमा जल अर्पण गर्ने परम्परा अनुसार भक्तजनहरूको उपस्थिति अत्यधिक रहने गर्दछ। समितिले भक्तजनहरूको सुविधाका लागि स्वच्छता, सुरक्षा तथा व्यवस्थापनमा स्वयंसेवक टोली परिचालन गरेको जनाएको छ। साथै, मन्दिर परिसरमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिँदै आएका छन् जसले स्थानीयहरूमा आपसी सम्बन्ध सुदृढ गर्नुका साथै पर्यटकीय गतिविधि समेत बढाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *