आजबाट दसैं सकियो, एक महिना लामो कार्तिक स्नान र आकाशदीप प्रज्वलन सुरु

आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दुर्गापक्ष आजबाट समाप्त हुदै छ ।आज अर्थात् आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको रातीभरि जाग्राम बसेर पूजाआराधना गरेपछि औपचारिक रूपमा बडा दशैं सकिन्छ ।

आजबाट गरिने बडा दशैंको समापन सँगै कोजाग्रत पूर्णिमाबाटै कार्तिक स्नान र आकाशदीप एक महिना सम्म प्रन्वलन गरिन्छ ।वर्ष दिनमा १२ वटा र अधिकमास परेका बेला थप एक पूर्णिमा पर्छन् ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

धन र बैभवकी देवी महालक्ष्मीले कोजाग्रत पूर्णिमाको राति पृथ्वीको भ्रमण गर्ने र लक्ष्मीको  रातभरि जागै बसेर जसले पूजा–आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ ।

यही विश्वासका कारण आज राति गृहिणीहरू पूजा कोठा वा पवित्र स्थानमा जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गर्ने गर्दछन् ।कोजाग्रत पूर्णिमाका दिन राष्ट्र प्रमुखबाट भक्तपुर गछें स्थित नवदुर्गा पीठमा पूजा अर्चना गरी त्यस वर्षको बडादशैंको समापन भएको र आकाशदीप तथा कार्तिक महात्म्य सुरु भएको जनाउ दिने प्रचलन छ ।

यो सँगै आश्विन शुक्लपक्ष कोजाग्रत पूर्णिमाका दिनदेखि कार्तिक शुक्ल पूर्णिमा सम्म प्रसिद्ध नदी, त्रिवेणी , महत्त्वपूर्ण तलाउ तथा तीर्थस्थलमा स्नान गरिन्छ एक महिना सम्म कार्तिक स्नान गरि आकाशदिप दान गर्ने कार्यको सुरु हुन्छ । शास्त्र अनुसार कार्तिक स्नान गर्दा ब्रह्ममुहूर्तमा गर्नु उत्तम रहने मानिन्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *