आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

आज (शनिबार) खण्डग्रास चन्द्रग्रहण लाग्दै छ। 

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा चन्द्रग्रहण स्पर्श हुनेछ। यसको सुतक भने शनिबार दिउँसो ४ः १९ बजेदेखि नै सुरु हुने समितिले जनाएको छ। 

EPIC EPIC EPIC

राति २ बजेर ३८ मिनेट जाँदा ग्रहण मोक्ष अर्थात् समाप्त हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद प्रा.डा.देवमणि भट्टराईले जानकारी दिए।

समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा पनि आजको चन्द्रग्रहण उल्लेख छ।

यो चन्द्रग्रहण २०८० सालमा लाग्ने एउटै मात्र ग्रहण भएको समितिले जनाएको छ।

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो। 

गत वर्ष चान्द्रमास अनुसार कात्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कात्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो। सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *