Search
Close this search box.
Search
Close this search box.

आज खिर खाने दिन

काठमाडौं। आज साउन १५ गते अर्थात खिर खाने दिन । यस वर्ष पनि आजको दिनलाई खिर दिवसको रुपमा मनाइँदैछ । २०७७ सालमा राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खिर खाने दिनका रूपमा (खिर दिवस) मनाउने निर्णय गरेसँगै खिर दिवस मनाइँदै आएको छ । खिर खाने प्रचलनको सुरुवात छिमेकी मुलुक चीनबाट भएको अनुमान गरिन्छ । खासगरी मध्यपूर्व एसिया, उत्तर अफ्रिका, पश्चिम एसिया, सार्क क्षेत्रमा बढी मात्रामा खिरको प्रयोग हुने गरेको पाइन्छ ।



नेपाली समाजमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खिर’ भन्ने भनाइ नै छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप खीर खाने परम्परा रहँदै आएको मानिन्छ ।

EPIC EPIC EPIC

खिर दूधमा चामल हालेर तयार गरिने खाद्य परिकार हो । यसको नेपाली समाजमा विशेष महत्व छ । हिन्दू धर्मावलम्बीहरुमध्ये धेरैले साउनमा माछा–मासु नखाने भएकाले साउन महिनाभरि खिर खाने गरे पनि साउन १५ लाई विशेष खिर खाने दिन भनेर मनाउने गरिन्छ । साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गरेर दूधमा बनेको परिकार खाने गर्छन् ।

साउन महिना झरी पर्ने महिना भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खिर खाने गरिन्छ । रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खिर खानु स्वास्थ्यकर छ । झरीको समयमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ । दूध र चामल मिश्रित खिरलाई मात्रा अनुसार मिसाइने चिनी, ध्यु, सुख्खा फल आदिले स्वादिलो र पोषिलो बनाउँछ । चामलमा कार्बोहाइडेड पाइन्छ भने दूध क्यासियम र प्रोटिनको राम्रो स्रोत हो ।

चिल्लो ननिकालिएको दूधबाट बनाएको खिरमा पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ । गाईको दूधबाट बनाएको खिरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौं । खिर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ । खिरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल (खनिज) जस्ता तत्व पाउन सकिन्छ । खिर नरम खाना भएकाले चिल्लो निकालिएको वा घ्यु नहालेको खिर बिरामीलाई खुवाउन सकिन्छ । बिरामीले खिर नरम हुने भएकाले सजिलै पचाउन सक्छन् । खिर बालबालिकादेखि वृद्ध–वृद्धासम्म सबैलाई उपयुक्त खानेकुरा हो ।

हाल खिर विश्वका प्रायजसो मुलुकले विभिन्न नामबाट (भारतको गुजरातमा दूधपाक, बंगालीमा पायस, श्रीलंकामा क्रिवाथ) प्रयोग गर्ने गरेको पाइन्छ । नेपालसहित विश्वमै खिरलाई राम्रो सम्मानित आहारका रूपमा लिने गरिएको छ । विश्वमा खिर खाने प्रचलन १४औँ शताब्दीबाट प्रारम्भ भएको पाइन्छ । खिर नेपालीलाई मनपर्ने परिकार भएकाले सरकारले यसलाई दिवसका रूपमा मनाउन थालेको दुग्ध विकास संस्थाले जनाएको छ । खिर दिवसको प्रवर्धनमा सरकारभन्दा पनि निजी क्षेत्रका डेरीले अथक प्रयास गरिरहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *