कचनकवल। दक्षिणी झापाको कचनकवल गाउँपालीकामा भारतबाट अवैध रुपमा भित्रिने माछा बिक्रीवितरणमा पूर्णरूपमा रोक लगाएको छ।
असोज २४ बसेको गाउँकार्यपालिको निर्णयले गाउँपालिका भित्रका स्थानीय बजारहरुमा बिक्रीका लागि ल्याइने भारतीय माछालाई कार्तिक १ गते बुधबारदेखि स्थानीय सरकारले पूर्णरूपमा रोक लगाएको हो।
कचनकवल गाउँपालिकाको केचना,घेरावारी र पाठामारी नाकाबाट बिक्रीका लागि अबैध रुपमा ल्याइने भारतीय माछा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पटकपटक नियन्त्रणमा लिएर नष्ट गर्नुका साथै रोक लगाउँदै आएको थियोे। स्थानीय सरकारले माछापालक कृषकलाई नेपालकै पोखरीबाट उत्पादन गरिएका माछालाई बिक्री बितरणमा प्रोत्साहनका लागि स्थानीय सरकारले अनुदान समेत दिँदै आएको थियोे ।



















