काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक निःशुल्क बस सेवाको आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले रिविन काटेर उद्घाटना गरे । उनले आन्तरिक टर्मिनल देखि एयरपोर्ट गेट सम्म यात्रु सँगै माइक्रोमा यात्रा समेत गरेका छन् ।
विमानस्थलको आन्तरिक हवाई सेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो।
विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो।