आज देशभर भूकम्प स्मृति दिवस मनाइँदै

  • पालिका संवाददाता

काठमाडौं। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार साँझ ७ः३४ बजे रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। यो भूकम्प पछिल्ला दिनमा पश्चिम नेपालमा गइरहेका साना प्रकृतिका कम्पनहरूमध्ये एक हो।

यो भूकम्प भूकम्प स्मृति दिवसको पूर्वसन्ध्यामा गएको हो। पछिल्लो समय विशेषगरी जाजरकोट र आसपासका क्षेत्रमा साना र मध्यम प्रकृतिका भूकम्प दोहोरिरहेको अवस्थामा रुकुमपूर्वमा समेत कम्पन महसुस भएको हो।

EPIC EPIC EPIC EPIC EPIC

२०७८ कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि त्यस क्षेत्रलाई केन्द्र बनाउँदै निरन्तर भूकम्पहरू आइरहेका छन्।

आज वैशाख १२ गते, गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ सालमा गएको विनाशकारी भूकम्पको दसौँ वार्षिकोत्सव हो। सो भूकम्पमा परी ८ हजार ९७९ जनाको ज्यान गएको थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए।

यसै सन्दर्भमा, आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी भूकम्प स्मृति दिवस मनाइँदैछ। “सुरक्षित पूर्वाधार निर्माण गरौँ, भूकम्पबाट जोगिऔँ” भन्ने नाराका साथ यो दिवस मनाउने गरिएको हो।

काठमाडौँको सुन्धारामा अवस्थित धरहरा परिसरमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। दिवसले नागरिकमा विपद् सचेतना फैलाउने र सुरक्षित पूर्वाधार निर्माणतर्फ राज्यका निकायहरूलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *