काठमाडौं। आज दिउँसो देशको पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा र अन्य ठाउँमा हल्का वर्षा पर्न सक्ने सम्भावना छ।
आज राति कोशी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको पनि पूर्वानुमानमा उल्लेख गरिएको छ।
हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर छ भने स्थानीय वायूको आंशिक प्रभाव मात्र रहेको छ।



















