आज नागपञ्चमी पर्व श्रद्धापूर्वक मनाइँदै

घरको मूलढोकामा नाग टाँस्ने, खेतबारीमा खनजोत नगर्ने परम्परा

काठमाडौं, साउन १३ ।
आज साउन शुक्ल पञ्चमीका अवसरमा देशभर नागपञ्चमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। नाग देवताको पूजाअर्चना गरी घरको मूलढोकामा नागको चित्र टाँसी सर्प, बिच्छी, नागलगायत जीवजन्तुको दुःख र प्राकृतिक प्रकोपबाट जोगिने धार्मिक विश्वासका साथ यो पर्व मनाइन्छ।

वैदिक मान्यता अनुसार सर्पलाई नागराजका रूपमा पूजा गरिन्छ। नाग रिसाउँदा पानीको अभाव हुने मान्यता रहेकोले वर्षा ऋतुमा पानीका देवता स्वरूप नागलाई प्रसन्न पार्न पूजाको परम्परा बसालिएको बताइन्छ। बराहपुराणअनुसार साउन शुक्ल पञ्चमीका दिन ब्रह्मा र नागराजबीच संवाद भएको उल्लेख भएकाले पनि यो दिन विशेष मानिन्छ।

EPIC EPIC EPIC EPIC EPIC

नागलाई विष्णु र शिवका प्रतीकका रूपमा पनि पूजिन्छ। आठ कुलका आठ प्रमुख नाग– अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्खको विशेष पूजा ब्राह्मण पुरोहितद्वारा गरिन्छ। पूजा गरिएको नागचित्र घरको मूलढोकामाथि टाँस्ने चलन छ।

यस अवसरमा खेतबारीमा खनजोत गर्न नहुने, सर्प, नाग, घिस्रने जनावरको हत्या नगर्ने परम्परा छ। काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीसहित देशभरका नागदह, कुण्ड र नागस्थानमा गाईको दूध, दुबो, अक्षता, खीर, रोटी आदिका साथ विशेष पूजाआजा भइरहेको छ।

वैज्ञानिक दृष्टिकोणले पनि सर्पजातिले विषालु पदार्थको शोषण गरी पर्यावरण सन्तुलन कायम राख्ने पुष्टि भएपछि ऋषिमुनिले नागजातिको सम्मानमा पूजाआजा गर्ने परम्परा बसाएको विश्वास गरिन्छ।

नागपञ्चमीसँगै नेपालमा चाडपर्वको मौसमको विधिवत सुरुवात हुने मानिन्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *