आज निर्जला एकादशी, घरका मठमा तुलसीको दल राखिँदै

काठमाडौँ। वैदिक सनातन धर्मावलम्बीहरूले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने परम्परा छ।

यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन राखिएको तुलसीको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी — जसलाई हरि शयनी एकादशी भनिन्छ — का दिन रोपिन्छ।

EPIC EPIC EPIC EPIC EPIC

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको विशेष पूजा गरिन्छ। यस अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मास अवधिमा तुलसीलाई हुर्काइ बडाइ दामोदर (विष्णु)सँग विवाह गरिने धार्मिक विश्वास छ।

चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकामना पूरा हुने धार्मिक मान्यता छ। निर्जला एकादशीका दिन व्रत बसेर पानीसमेत नपिई उपवास गर्दा अझ ठूलो पुण्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए।

उनका अनुसार सक्नेहरूले निर्जल व्रत बस्न सक्ने र नसक्नेहरूले फलफूल खाएर उपवास गर्न सक्ने व्यवस्था छ। आयुर्वेदिक दृष्टिले तुलसी लाभदायक औषधि मानिन्छ र विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ।

आधुनिक विज्ञानले पनि तुलसीले धेरै अक्सिजन उत्सर्जन गर्ने प्रमाणित गरिसकेको छ। यस अवसरमा देशभरका नारायणस्थान तथा विष्णु मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने गर्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *