काठमाडौं । सेयर बजार बुधबार ओरालो लागेको छ । बुधबार नेप्से सूचक १५।७६ अंकले घटेर १९३३।२९ विन्दुमा आएर रोकिएको छ ।
२६६ कम्पनीका ३७ लाख ७७ हजार ४०० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँको कारोबार भएको छ । बुधबार सेन्सेटिभ इण्डेक्स २।३२ अंक घटेको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ ।