आज भोजपुरमा अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसका अवसरमा प्रभातफेरि कार्यत्रम गरिएको छ।

दिपेन्द्र लुइटेल भोजपुर ।
आज भोजपुरमा अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसक अवसरमा प्रभातफेरि कार्यत्रम गरिएको छ । दिवसका सन्दर्भमा यस क्षेत्रका व्यक्ति तथा सरोकार संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाउने तयारी गरेका छन् । डिसेम्बर १९, २०१७ मा संयुक्त राष्ट्र संघले सन् २०१८ बाट शुरु हुने गरि सेप्टेम्बर २३ लाई अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसका रुपमा मनाउने निर्णय गरेपछि यो दिवस मनाउन थालिएको हो ।
विश्वका झन्डै ७ करोड बहिरा नागरिकहरुको प्रतिनिधित्व गर्ने विश्व बहिरा महासंघ र हरेक देशका बहिरा संघ संस्थाहरुले यस वर्षको अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउन थालेका छन् । यता, नेपालमा राज्यले सांकेतिक भाषाको पहिचान तथा बिकासमा पर्याप्त ध्यान नदिँदा सञ्चारमा अवरोध तथा विभिन्न अधिकारहरुका लागि पहुँचमा अवरोध झेल्नुपरेको बहिरा वर्गहरुको अनुभव छ । सांकेतिक भाषा दृश्यात्मक संकेतको माध्यमबाट सञ्चार गर्ने बहिरा नागरिकहरुको पहिलो भाषा भएकाले सार्वजनिक स्थलमा जाँदा, आफ्ना समस्या राख्दा निकै दुख भोग्नु पर्ने परेको उनीहरु बताउँछन् ।

EPIC

बहिरा समुदायको पहिचान, शिक्षा तथा समग्र विकासको मुख्य आधार भएपनि यसमा राज्यले उचित रुपमा समस्या सम्बोधन गर्न पहल नगरेको उनीहरुको दुखेसो छ । समस्या समाधान गरिदिने गरी स्थानीय सरकार र राज्यले ध्यान दिएर सम्भव भएसम्म हरेक सार्वजनिक संघसंस्थामा दोभाषेको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । तिनै दोभाषेहरूको संकेतले हरेक जानकारी लिन, समाचार बुझ्न उनीहरुलाई सहयोग गर्छ । आवाज नसुन्नेहरूका लागि आवाजको काम गर्दछ ।

EPIC EPIC EPIC

विश्वभरि ७२ मिलियन अर्थात ७ करोड २ लाख भन्दा बढी मानिस सुस्त श्रवणशक्ति छन् । यिनीहरूमध्ये ८० प्रतिशतभन्दा बढी मानिसहरू विकासोन्मुख देशहरूमा बस्छन् । यी मानिसहरूले ३०० भन्दा बढी प्रकारका सांकेतिक भाषाहरू प्रयोग गर्छन । मुलुक संघीयतामा गएसँगै बनेका तीन तहका सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई उपेक्षा गर्दा अपाङ्गता भएका व्यक्तिहरु थप समस्यामा परेका छन् । सरकारबाट अपाङ्गता भएका व्यक्तिहरुका लागि प्राप्त हुने बजेट लक्षित वर्गसम्म आइनपुग्दा गम्भिर समस्यामा पर्दै आएको भोजपुर वहिरा महासंघका सचिव सन्तकुमार तुम्बपोले वताए ।

बजेट रकमान्तर हुँदा वास्तविक अपाङ्गता भएका व्यक्तिहरु त्यसबाट लाभान्वित हुन नसकेको आफुहरुले महसुस गरेको तुम्वापोले वताए । अपाङ्गता भएका व्यक्तिहरुले समाजमा अझै पनि भेदभाव पूर्ण व्यवहार सहनुपरेको पनि बहिराहरुको धारणा छ । अपाङ्गता भएका व्यक्तिको उत्थानका लागि सरकारी बजेटको उचित सदुपयोग हुनुपर्नेमा अझै पनि हुन नसकेको उनीहरुले बताउने गरेका छन् । सचिव तुम्बापोले भने ‘सांकेतिक भाषा सबैले नबुझ्दा बहिराहरुको आवाज दबिएको छ, दोभाषे पनि प्रयाप्त छैनन्, सरकारले दोभाषे तालिमको नियमित संचालन गरिदिए केहि सहज हुने थियो, नजिकको सरकार स्थानीय तहको त्यहाँ जाँदा दोभाषे नभएर निकै समस्या भोग्नु परेको छ ।

यता खासगरी, बहिराहरुको कुरा बुझ्ने जनशक्ति अभावले उनीहरुको धारणा, विचार के हो भन्ने थाहा पाउन निकै कठिन हुने गरेको बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *