Search
Close this search box.
Search
Close this search box.

आज महाकवि देवकोटाको १३३औं जन्म जयन्ती मनइँदै

झापा (सुरज दंगाल)। नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक २७ गते कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । कार्तिक २७ गते जन्म भएता पनि लक्ष्मी पूजाको दिन जन्म भएकाले उनको जन्म जयन्ती आजको दिन मनाउने गरिएको छ।

EPIC

दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए ।

आमाबाबुका बफदार सेवक महाकवि

देवकोटा आफ्ना आमाबाबुका बफदार सेवक र परम भक्त थिए । उनी दिनहुँ आफ्ना आमाबाबुका पाउमा ढोग्थे । त्यतिमात्र होइन, उनी दिदीभिनाजु, फुपुफूपाजु र भाञ्जाभाञ्जीहरू भेटदा पनि उनीहरूको गोडामा ढोग्ने गर्थे । उनी शिष्टाचारका एउटा नमुना नै थिए ।

विवाहपछि टोल छिमेकमा मुख देखाउन संकोच मान्थे महाकवि:

देवकोटाको विवाह १९८१ मनदेवी चलिसेसँग भएको थियो । त्यसबखत देवकोटा १५ वर्षका थिए भने माण्डवी १३ वर्षकी थिइन् । विवाहपछि मनदेवी होइन् देवकोटाचाँही घरपरिवारभित्र र टोलछिमेकमा आफ्नो मुख देखाउन संकोच मान्थे, नरेन्द्रराज प्रसाइले देवकोटाको जीवनशैलीमा उल्लेख गरेका छन् ।

श्रमती मन्देविसँग देवकोटा (तस्बिर: देवकोटाको जीवनशैली)

पशुलाई पनि आदरभाव राख्थे महाकवि:

महाकवि लक्ष्मीप्रसाद देवकोटा मानिसलाई मात्र होइन, पशुलाई पनि उत्तिकै आदरभावले हेर्थे । एकपल्ट त तीन खर्पन काउली बोकेर घर पुगेछन्। त्यत्रो तरकारी देखेर अत्तालिएकी पत्नी मनदेवीले भनिछिन्, ‘किन यत्रो काउली ल्याएको ?’ अहिले पनि त्यो घटना सम्झँदा हाँस्ने देवकोटाकी छोरी अम्बिका भन्छिन्, “बुबा उल्टै रिसाउनुभयो, तिमीहरूलाई मात्र मीठो खान मन लाग्छ ? गाईलाई लाग्दैन !

मुनामदन नेपालमा सबै भन्दा बढी बिक्री भएको पुस्तक:

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।

मन्त्री महाकवि :

देवकोटा २०१६ सालमा शिक्षा तथा स्वायत्त शासनमन्त्री भएका थिए । मन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन मानिन्छ ।

तीन महिनामा महाकाव्य, एक दिनमा खण्डकाव्य:

तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्न सक्ने आशु कवित्वको क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।

राष्ट्रले होइन जनताले दिएको पद “महाकवि”

महाकविलाई महाकवि पद जनताले, पाठकले दिएका थिए। देवकोटालाई पहिला राष्ट्रले युगकविको पद दिईएको थियो र पछि जनताले महाकवि भनेर भन्न थालेपछि र सो “महाकवि” पदको लागि देवलोटाभन्दा उपर्युक्त कवि अरु नभएकाले सो पद राष्ट्रिय स्तरमा पनि दिईयो।

देवकोटाले पछि आफ्नो प्रिय मित्र सिद्धिचरण श्रेष्ठलाई सो युगकविको पद दिइएको भन्ने तथ्य पाईएको देवकोटाको जीवनशैलीमा उल्लेख रहेको छ ।

‘उडी छुनु चन्द्र एक’, अघिल्लो साँझ लुना-२ ले चन्द्रमामा टेक्यो महाकवि देवकोटा भोलिपल्ट बिते

वि.संं २०१६ साल भाद्र महिनाको २९ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाले पशुपति आर्यघाटस्थित वैद्य अस्पतालमा देह त्याग गरे । उनको भाैतिक शरिर नजिकै रहेको घाटमा जलाइयो । उनका कृतिहरू भने विश्वभर सदियाैंसम्म अजर अमर रहनेछन् ।

देवकोटाको आफ्नो परिवारसँग अन्तिम तस्बिर (तस्बिर: नेपाल फोटो म्युजियम)

महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘उडी छुनु चन्द्र एक’ लेखेको प्रसंगलाई लिएर उनको गिल्ला गर्ने मान्छे पनि यस पृथ्वीमा थिए । तर उनको दूरदर्शी भावना उनको जीवनकालमा नै साकार पनि भयो । भाद्र २८ गतेको साँझ करिब ९ बजे तत्कालीन सोभियत संघको लुना-२ यान चन्द्रलोकमा (चन्द्रमा मा) ओर्ल्यो देवकोटा चाँही भाद्र २९ गते अर्थात लुना-२ चन्द्रमामा अवतरण भएको भोलिपल्ट साँझ बेलुका ६ बजेर १० मिनेटमा स्वर्गारोहण भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

suraj-dangal

सुरज दंगाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *