आज विजयादशमी, टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा

झापा(पालिका सन्देश )– आज विजयादशमी । रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।

घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाउने प्रचलन छ ।

EPIC EPIC EPIC

टीका ग्रहण गर्न साइत बिहान १० बजेर २ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष  प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार देवी विसर्जनको साइत बिहान ८ बजेर १९ मिनेटमा रहेको छ ।

विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले जानकारी दिए । देवी विसर्जनपछि जुनसुकै बेला पनि टीका लागाउन सकिने उनले बताए ।  आजदेखि पूर्णिमासम्म मान्यजनबाट टीका लगाउने गरिन्छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च