आज विश्व रेडियो दिवस

काठमाडौं – ‘रेडियो: जलवायु परिवर्तनका लागि एक माध्यम’ भन्ने नाराका साथ आज नेपालसहित विश्वभर १३औं विश्व रेडियो दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा रेडियोको महत्त्व उजागर गर्न यो दिवस विभिन्न कार्यक्रम गरी मनाइन्छ।


नेपालमा हाल ६५० भन्दा बढी एफएम रेडियो स्टेशनहरू सञ्चालनमा छन्, जसमा सार्वजनिक, सामुदायिक, व्यापारिक, र अनलाइन रेडियोहरू पर्दछन्। विपद् व्यवस्थापन, कृषि, स्वास्थ्य, शिक्षा, सूचना तथा मनोरञ्जनका क्षेत्रमा रेडियोले उल्लेखनीय योगदान दिँदै आएको छ।

EPIC EPIC EPIC

सन् १९५१ मा रेडियो नेपालको स्थापना भएसँगै नेपालमा रेडियो पत्रकारिताको युग सुरु भएको थियो। हाल ग्रामीण भेगमा सामुदायिक रेडियोहरू प्रमुख सञ्चार माध्यम बनेका छन् भने प्रविधिको विकाससँगै अनलाइन रेडियो तथा मोबाइल एपमार्फत रेडियो प्रसारणको लोकप्रियता बढ्दै गएको छ।


रेडियो नेपालमा अझै पनि सूचना प्रवाहको प्रमुख माध्यम भए पनि वित्तीय कठिनाइ, विज्ञापनको अभाव र प्रविधिगत चुनौतीहरू सामना गरिरहेको छ। यद्यपि, डिजिटल प्रविधिको प्रयोग, नयाँ सामग्री उत्पादन, र रेडियो पत्रकारितामा नवीनता ल्याएर यसको प्रभावकारिता अझ बढाउने सम्भावना रहेको सञ्चारकर्मीहरू बताउँछन्।

यस वर्षको विश्व रेडियो दिवसले जलवायु परिवर्तनका विषयमा जनचेतना अभिवृद्धि गर्न रेडियोलाई प्रभावकारी रूपमा उपयोग गर्ने लक्ष्य राखेको छ। नेपालका विभिन्न रेडियो स्टेशनहरूले आज विशेष कार्यक्रम प्रशारण गरी यो दिवस मनाइरहेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च