आज सातौं राष्ट्रिय भाक्का दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

झापा। कोच राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने समग्र आदिवासी समुदायले पुस २९ गतेलाई राष्ट्रिय भक्का दिवसका रूपमा मनाउने गरेका छन् ।

पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिले पनि रुचाएपछि भक्का खाने चलन व्यापक बनेको छ । राजवंशी जातिमा मात्र सीमित रहेको भक्का खाने चलन सबै जातजातिबिच लोकप्रिय बनेपछि यसलाई प्रवर्द्धनात्मक कार्यक्रमसहित पुस २९ गते भक्का दिवस मनाउन मनाइन्छ ।

EPIC EPIC EPIC EPIC EPIC

राजवंशी समुदायको परम्परागत परिकार भक्का, पूर्वी नेपालको सर्वाधिक रुचाइने एउटा परिकार हो जुन विशेषतः हिउँदमा बढी खाने गरिन्छ ।

चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने भक्कालाई चटनीसँग खाने गरिन्छ । जे भने पनि यसको मौलिक विशेषता र स्वास्थ्यकर फाइदा दुवैलाई प्रवर्द्धन गरिन जरुरी भएको ठम्याइका साथ हरेक वर्ष पुस २९ मा राष्ट्रिय भक्का दिवस मनाइन्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *