काठमाडौं- आज ४ वटा प्रदेशमा मुसलधारे वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ।
विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यस्तै, भारत मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव पनि नेपाली आकाशमा देखिएको छ।
आज दिउँसो कोशी, मधेश, वागमती, गण्डकी र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी मधेश, वागमती र गण्डकीका केही ठाउँमा हावाहुरीसहित भारी वर्षाको पनि सम्भावना छ।
आज राति कोशी र मधेशका केही तथा बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी र मधेशका केही ठाउँमा भारी वर्षाको पनि सम्भावना छ।