आठराइमा एक व्यक्तीलाई जिउँदै जलाएर हत्या गर्ने प्रयास, थप उपचारका लागि झापा ल्याइयो

झापा – तेह्रथुमको आठराई गाउँपालिका-५ छातेढुंगा अर्चले चिसापानीमा बिहीबार चार जनाको समूहले एक पुरुषलाई सामूहिक कुटपिट गरी आगो लगाएर हत्या प्रयास गरेको छ।

मेला भरेर घर फर्किरहेका आठराई गाउँपालिका-४ इवा ढोडेनीका ५५ वर्षीय धनपति प्रसाईलाई चिसापानीस्थित बाटोमा रोकेर स्थानीय चार युवाको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटपछि घाइते भई ढलेका प्रसाईलाई सेउला र झिक्रा हालेर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

EPIC EPIC EPIC

आगोले प्रसाईको देब्रे कानको भाग डढेको छ। प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि झापाको बिर्ता सिटी अस्पताल ल्याइएको छ।

इलाका प्रहरी कार्यालय, सक्रान्ति बजारका प्रमुख विशाल लिम्बुका अनुसार घटनामा संलग्न चारैजनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ। प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *