आठ महिनामै थपियो सवा २ खर्ब सार्वजनिक ऋण

काठमाडौं । नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष (आव) २०८०/८१ को आठ महिना (फागुन मसान्त) सम्म सरकारले २ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ ऋण थपेको छ ।

यस अवधिमा साँवा भुक्तानीमार्फत १ खर्ब २६ अर्ब ३ करोड रुपैयाँ तिरेको छ । असार मसान्तमा २२ खर्ब ९५ अर्ब ४३ करोड रहेको नेपालको सार्वजनिक ऋण बढेर २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको कार्यालयको तथ्यांक छ ।

EPIC EPIC EPIC EPIC

तथ्यांक अनुसार सार्वजनिक ऋणमा वाह्य ऋण हिस्सा आन्तरिक ऋण दायित्वको तुलनामा केही बढी छ । फागुन मसान्तसम्म ११ खर्ब ८५ अर्ब आन्तरिक र १२ खर्ब २ अर्ब वाह्य ऋण पुगेको छ ।

नेपालमा कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा ४४ प्रतिशत हाराहारी सार्वजनिक ऋणको हिस्सा छ । त्यसमाथि वाह्य ऋण भार त्यसको आधामात्र छ । गत असार मसान्तसम्म आन्तरिक ऋण ११ खर्ब २५ अर्ब र वाह्य ऋण ११ खर्ब ७० अर्ब थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *