आतंकबादीले थापेको एम्बुसमा परी ५ भारतीय सैनिक मारिए

भारतको जम्मु कश्मिरमा आतंकवादी समूहले थापेको एम्बुसमा परी पाँच सैनिक मारिएका छन्। 

आतंकवादी समूहले जम्मु–कश्मीरको राजौरी जिल्लामा सैनिकका दुईवटा गाडीलाई निशाना बनाएर थापेको एम्बुसमा परी अरु दुई जवान घाइते भएका छन्। घटनापछि सैनिकले आसपासको क्षेत्रलाई घेरा हालेर कारबाही जारी राखेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

EPIC EPIC EPIC EPIC EPIC

सैनिक गाडी एम्बुसमा परेपछि आतंकवादी समूहले अन्धाधुन्ध गोली चलाएको थियो। यस क्षेत्रमा आतंकवादी समूह लुकेको सूचनाका आधारमा सैन्य अभियान सुरु गरिएको थियो। गत महिना राजौरी जिल्लाकै बाजीमल वनमा भएको झडपमा सेनाका दुई क्याप्टेनसहित ५ जनाको मृत्यु भएको थियो। 

उक्त घटनामा आतंकवादी समूह लस्कर ए तोयबाको संलग्नता रहेको र शीर्ष कमाण्डर क्वारी मारिएको भारतीय अधिकारीले दाबी गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *