आत्मा दाह गरेका इलामका प्रेम आचार्यको परिवारलाई बिमाले दियो मृत्यु दावी भुक्तानी

इलाम । सन नेपाल लाइफ इन्स्योरेन्सले इलामका अभिकर्ता साथै बिमित स्वर्गीय प्रेम प्रसाद आचार्यको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बिर्तामोड शाखाले सुर्यदय नगरपालिका ११ फिक्कल इलाम निवासी स्व प्रेम प्रसाद आचार्यका परिवारलाई मृत्यु दावी भुक्तानीको चेक हस्तान्तरण गरेको बिर्तामोड शाखाका प्रमुख बिकास श्रेष्ठले जानकारी दिएका छन् ।

कम्पनीले मङ्गलबार मृतकको घरमै पुगी मृतककी श्रीमती नानुका अधिकारीलाई ५० लाख १२ हजार १ सय ९४ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका उनको दावी भुक्तानी दिनुपर्ने बीमा पोलिसीको शर्त बमोजिम १४ दिनमै बीमा दावी रकम भुक्तानी गरिएको बिर्तामोड शाखाका रुद्र निरौलाले बताए ।

EPIC EPIC EPIC

मृतक प्रेम आचार्यले गत १० गते सिह दरबार अगाडी आत्मा दाहको प्रयास गरे सङ्गै वहाँको उपचारको क्रममा ११ गते बिहान मृत्यु भएको थियो । ५० लाखको बीमा गरेका निजले ३ तेस्रो किस्ता बुझाउन बाँकी रहेको थियो ।

बिमा दाबी भुक्तानी कार्यक्रममा सुर्यदय नगरपालिकाका प्रमुख आरबि राई, उपप्रमुख दुर्गा बराल, सुर्यदय ११ का अध्यक्ष सन्तोस राई सहित कम्पनीका सहायक महाप्रवन्धक तथा प्रदेश एक प्रमुख तुलसिनाथ पौडेल, बिर्तामोड शाखामा प्रमुख बिकास श्रेष्ठ , रुद्र निरौला, राम प्रसाद घिमिरे , कुल प्रसाद अधिकारी, फिक्कल उपशाखाका निमा शेर्पा , सङ्गिता थामि तथा मृतकका परिवार लगायत आफन्तको उपस्थिति रहेको थियो ।

बिमा दाबी भुक्तानी कार्यक्रममा बोल्दै नगर प्रमुख आरबि राई र वडाध्यक्ष सन्तोष राईले मृतक आचार्यप्रती श्रद्धाञ्जली ब्यक्त गर्दै शोकाकुल घडिमा रहनुभएको परिवारजन प्रती आर्थिक व्यबहार कम गर्न कम्पनिले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । त्यसैगरी कम्पनीका सहायक महाप्रवन्धक तथा प्रदेश एक प्रमुख तुलसिनाथ पौड्याल र रुद्र निरौलाले बीमा कम्पनी सामाजिक सेवा प्रदायक सस्ंथा भएकोले वचत मात्र नभई भविष्यमा आईपर्ने जोखिम हस्तान्तण गर्ने भरपर्दो माध्यम भएको र सोहि अनुसार यस कम्पनीले प्रभावकारी रुपमा दावी भुक्तानी गर्देै आएको बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *