बुधबारे–आदर्श नमुना सामुदायिक वन उपभोक्ता समूह बुद्धशान्ति ३, झापामा निःशुल्क आँखा शिविर हुने भएको छ ।
वन समूह र सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्ति १ झापाको संयुक्त आयोजनामा बिहीबार १८ गते आँखा शिविरको आयोजना गरिएको वन समितिका अध्यक्ष वसन लिम्बुले बताएका छन् । उनले सवै उपभोक्ताहरुलाई आँखाको जाँच शिविरमा उपस्थित भएर स्वास्थ्य लाभ लिन अनुरोध गरेका छन् । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा हुने शिविर वन प्राङगणमा हुने बताइएको छ ।
यो समाचार बुधबारको अंक पालिका सन्देश साप्ताहिकमा प्रकाशित भएको छ ।