आदर्श मावि जयपुरका विद्यार्थीले बनाएको प्रोजेक्टलाई विज्ञान तथा प्रविधि प्रदर्शनीमा चारलाख पुरस्कार

बुद्धशान्ति । झापाको बिर्तामोडस्थित देवी माविमा सम्पन्न विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगितामा बुद्धशान्ति गाउँपालिका वडा नं २ जयपुरको आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ ।

बिर्तामोडस्थित देवी माविमा सम्पन्न विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगितामा बुद्धशान्ति गाउँपालिका वडा नं २ जयपुरको आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ । आदर्श माविका कक्षा ८ मा अध्ययनरत विद्यार्थी विशाल सहनीले तयार गरेको ‘ट्रान्समिसन लाइन फल्ट डिटेक्सन प्रोजेक्ट’ले पहिलो स्थान प्राप्त गर्दै चार लाख रुपैयाँ नगद पुरस्कार जितेको हो । प्रदर्शनीमा उनले बनाएको सो प्रोजेक्ट’ले धेरै विद्यार्थीलाई झुम्याएको पनि थियो । उनले युट्युब हेरेर सर्किट बनाएको बताएका छन् । उनलाई विज्ञान शिक्षक अरुण ढुङ्गेलले सर्किट बनाउन सहयोग गरेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

त्यस्तै, प्रतियोगितामा देवी मावि बिर्तामोड दोस्रो भएको छ । कक्षा ११ का सविन बाँस्कोटा नेतृत्वको टिमले बताएको देवी रोबोटले दोस्रो भएसँग नगद तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

सविन, आयुष, अनिश र सुवर्णले एक महिना लगाएर देवी रोबोट बनाएका हुन् । प्रदर्शनीमा सो रोबोटले सबैलाई चकित बनाएको थियो ।

त्यस्तै, तेह्रथुमको सिंहदेवी मावि तेह्रथुम तेस्रो भएको छ । उसले नगद दुई लाख रुपैयाँ पायो ।

फिदिम मावि पाँचथर, फिक्कल मावि इलाम, ल्याबोरटरी मावि सुनसरी, चिसापानी मावि खोटाङ, भानु जन मावि ताप्लेजुङ, मनकामना रत्न अम्बिका मावि संखुवासभा, हिमाली मावि झापा, त्रिवेणी मावि धनकुटा, रिलाइन्स अंग्रेजी मावि मोरङले प्रोत्साहन पुरस्कारबापत २५२५ हजार रुपैयाँ पाए ।

कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले खोज, परिकल्पना र अनुसन्धानबाट तयार पारिएका प्रोजेक्ट तथा परियोजना प्रदर्शनीमा राखिएको थियो ।

१२५ वटा स्टल रहेको प्रदर्शनी १२ जिल्लाका ५० भन्दा बढी विद्यालय प्रतियोगीका रुपमा सहभागी थिए । प्रदर्शनीको १० हजारजनाले अवलोकन गरेको अनुमान छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *