आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्किन आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शिक्षकका जायज माग सम्बोधन गर्न र तीन दिनभित्र विद्यालय फर्कन निर्देशन दिएको हो।

सर्वोच्च अदालतका प्रवक्ता एवं सह-रजिस्ट्रार अच्युत कुईंकेलका अनुसार अदालतले शिक्षकका जायज माग सम्बोधन गर्न, एसईई बोर्डको परीक्षाफल समयमै प्रकाशित गर्न र कक्षा १२ को परीक्षा तोकिएको मितिमा सञ्चालन गर्न आदेश दिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

‘शिक्षकको निरन्तर आन्दोलनका कारण देशभर पठनपाठन प्रभावित भएको र त्यसका कारण बालबालिका शिक्षाबाट वञ्चित हुनुपरेको’ भन्दै अदालतले यस्तो आदेश जारी गरेको कुईंकेलले जानकारी दिए।

यसअघि अधिवक्ता श्रवण कुमार चौधरीले मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय, संघीय संसद, शिक्षा विभाग र राष्ट्रिय परीक्षा बोर्डलाई विपक्षी बनाई रिट दायर गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *