आन्दोलन स्थगित भएपछि कार्यक्षेत्र फर्किँदै शिक्षक, शुक्रबारदेखि विद्यालय खुल्ने

सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ । बुधबार राति सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो । 

२९ दिनपछि आन्दोलन स्थगित भएपछि शिक्षकहरू आज कार्यक्षेत्रमा फर्किँदै छन् । सामुदायिक विद्यालय भने बिहीबार मजदुर दिवसको अवसरमा सार्वजनिक बिदा भएका कारण शुक्रबार मात्रै विद्यालय खुल्ने भएका हुन् । 

EPIC EPIC EPIC EPIC EPIC

शिक्षकहरूको प्रमुख माग विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र संसद्‌बाट पारित गर्नेगरी दुई पक्षबीच समझदारी भएको छ । त्यसका लागि सत्तारूढ दलका प्रमुख सचेतक र शिक्षा समितिका सभापतिले लिखित प्रतिबद्धता जनाएसँगै शिक्षक आन्दोलन हाललाई स्थगित भएको हो । 

सहमति अनुसार अबदेखि देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरूले काठमाडौंको निजामती अस्पतालमा सहुलियत दरमा स्वास्थ्य सेवा पाउनेछन् । यसअघि निजामती कर्मचारीहरूलाई मात्र यस्तो सुविधा दिइएको थियो।

सहमतिमा अस्थायी, राहत, करार, साबिक उमावि, प्राविधिक धार, विशेष शिक्षा तथा प्रारम्भिक बाल विकास (ईसीडी) शिक्षकहरूको बिदा सञ्चय भई अवकाशका बेला एकमुष्ट रकम उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ। 

यससँगै प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक नेपाल सरकारले निर्धारण गरेअनुसार लागू गरिनेछ ।

आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकहरूको ग्रेड निजामती कर्मचारीसरह बनाइने सहमति पनि भएको छ। प्राथमिक तृतीयदेखि माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि यो व्यवस्था लागु हुनेछ।

यसैगरी, दुर्गम क्षेत्रमा कार्यरत सबै प्रकृतिका शिक्षक—स्थायी, अस्थायी, राहत, करार, प्राविधिक तथा विशेष शिक्षाका शिक्षकलाई कानुनबमोजिम दुर्गम भत्ता दिने प्रावधान मिलाइनेछ।

सहमतिमा निजी स्रोतमा कार्यरत सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न आवश्यक नियमावली संशोधन गर्ने पनि उल्लेख छ। साथै, शिक्षकहरूलाई अब नेपाल सरकारको मर्यादाक्रम सूचीमा समेत समावेश गरिनेछ।

त्यसैगरी, निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकहरूको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीसरह बनाइने सहमति पनि भएको छ।

देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू गत २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलनमा आएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *