Search
Close this search box.
Search
Close this search box.

“आफु फरक संगठनबाट निर्वाचित भएकै कारण फोहोर राजनीति गरियो ”–भोजपुर बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष राई

दिपेन्द्र लुईटेल भोजपुर । स्ववियु को कार्यविधि त्रि.वि विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम को अवज्ञा भोजपुर बहुमुखी क्याम्पसमा अध्यनरत विधार्थीहरुको विश्वास र भरोसाको बलमा प्रत्येक्ष निर्वाचन प्रणालीबाट अमुल्य मत प्राप्त गरेका “स्ववियु’ अध्यक्षलाई निराधार,अपुष्ट आक्षेप लाउदै नियतिरुपले नियोजित ढंगबाट आफ्ना राजनीतिक दलको आडमा त्रिभुवन विश्वविद्यालय को रातो किताब अर्थात “स्ववियु” को संविधानलाई लात हान्दै गठबन्धन धारी विधार्थी संगठनबाट स्ववियुमा निर्वाचित पदाधिकारी तथा केही सदस्यहरुले कु गरेका छन।

अराजक ढंगबाट व्यक्तिगत राजनैतिक प्रतिशोध कुण्ठाकै कारण यस्तो राजनीति भइ रहेको कुरा तमाम विधार्थीहरुले स्पष्ट बुझेको कुरा अध्यनरत केही विधार्थीहरुले बताएका हुन्। र तिनै विधार्थीले विश्वासका साथ आफ्नो चेतनाको प्रयोग गरि गठित “स्वतन्त्र विधार्थी युनियन’ कार्यसमिति प्रति आक्रोश व्यक्त गरेका छन। वर्तमान परिस्थितिमा पछिल्लो समय “स्ववियु” भित्रका जिम्मेवार व्यक्ति उपाध्यक्ष,सचिव,सह-सचिव,कोषाध्यक्ष र सदस्यहरु गरि जम्मा १० जनाले “स्वतन्त्र विधार्थी युनियन” को कार्य निर्देशिकालाइ वेवास्ता गर्दै गैरपुर्ण ढंगबाट निकालिएको अवैधानिक विज्ञप्ति सार्वजनिक भए पछि तमाम विधार्थीको विश्वास माथि, निर्वाचनमा विधार्थीले दिएको अमुल्य मतलाई लत्याएको र विधार्थी विधार्थी बिचमा अविश्वासिलो परिस्थिति सृजना हुन पुगेको कुरा पनि प्रष्ट रहेको छ।

EPIC EPIC EPIC

विवादास्पद परिस्थितिमा सोही क्याम्पसमा अध्यन गरिरहेका एक विधार्थीका अनुसार “स्वतन्त्र विधार्थी युनियन” का अध्यक्ष स्वच्छ विचार र भावनाले उत्प्रेरित रहेर विधार्थीको लागि केही राम्रो काम गर्ने प्रयत्न गर्दै गर्दा फरक दृस्ठिकोण बाट गलत सावित गराउन अनेकन भ्रम,आक्षेप,आरोप लगाउने र गिराउने फोहोरी राजनीतिक खेल नियतबस गलती विना सुरु गरेको आरोप लाएका थिए। स्ववियु को गरिमा प्रतिष्ठा र सिङ्गो क्याम्पसको ऐतिहासिक शैक्षिक पृष्ठभुमिलाई लज्जास्पद बनाउने परिस्थिति सृजना गर्ने जिम्मेवार व्यक्तिहरुको हर्कत निन्दनीय रहेको कुरा पनि व्यक्त गरेका थिए। यता “स्वतन्त्र विधार्थी युनियन” भोजपुर बहुमुखी क्याम्पस का अध्यक्ष निशान राई माथि लाइएको निराधार आरोप गलत भएको भन्दै हिजो २०८० श्रावण ३१ गते बैधानिक “स्ववियु” को लेटरप्याडबाट अध्यक्षको हैसियतबाट विधार्थीलाई स्पष्ट पार्न र भ्रमित नहुन आग्रह गर्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेका थिए। त्यस विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनमा तोकिएको कार्यकारी अधिकार धेरै “स्ववियु” अध्यक्ष निर्हित रहेको र परिच्छेद – ८३ उपदफा ३५३ खण्ड (ग) अनुसार काम,कर्तव्य र अधिकारको हेक्का राखी विधार्थीको हकहितका खातिर काम गरेको दाबी “स्ववियु” अध्यक्षको आधिकारिक प्रेस विज्ञप्ति मा उल्लेख गरेका छन।

सम्बन्धित अध्यक्ष संग संम्वाद मार्फत प्रश्न गर्दा “वर्तमान परिस्थितिले सृजना भएको समस्याले सिंगो क्याम्पसको शैक्षिक अवस्थामा पनि धेरै असर पारेको विधार्थीको पढाईमा पर्न गएको असरको कुरा गर्दै दुखि” रहेको अध्यक्षले कुरा व्यक्त गरेका थिए र उनले यस्ता अराजक गतिविधि विधार्थीको हितका विपरीत रहने हुँदा धेरै राजनीतिकरण बाट विधार्थीको पढन पाउने अधिकारबाट कतै बन्चित हुनु परेको गुणासो पैदा भएको कारण तत्काल यस्ता आलोचना गति क्रियाकलाप बन्द गर्न अनुरोध गरेका छन। र संम्वादको अन्त्यमा “स्ववियु” को निर्वाचनमा अध्यक्षको पदको उम्मेदवार बन्दै गर्दा सधैं विधार्थीको हित अधिनश्त भएर काम गर्नेछु भन्ने प्रतिबद्धता रहेको र त्यो प्रतिबद्धता अनुसार आफ्नो बौद्धिकताले भियाउने सम्म विधार्थीका हरेक त्यस्ता समस्याको समाधान गर्न निरन्तर लागी रहेको र यस्ता खाले राजनीतिक तवरबाट “स्ववियु” भित्रकै जिम्मेवार व्यक्तिहरुबाट आउने विभिन्न निराधार आरोप,आक्षेप तथा भ्रमपुर्ण प्रतिक्रियाहरु तथ्यगत अध्यन नगरि भ्रमित नहुन तमाम भोजपुर बहुमुखी क्याम्पसमा अध्यनरत विधार्थी समक्ष सन्देश छोडन अनुरोध गरेका थिए र अन्त्यमा “स्ववियु” को अध्यक्षको हैसियतबाट सिंगो क्याम्पसमा अध्यनरत विधार्थीहरुको अभिभावकत्व निर्वाह गर्दै राम्रा काममा क्याम्पसका वेथिती सुधारवादी काम तर्फ केन्द्रित रहेर काम गर्दै जादा “स्ववियु” भित्रकै अराजक सोच भएका साथीहरूबाट आलोचना खेप्दै गर्दा “स्ववियु” को अस्तित्वको वर्खिलाप विरोधका लागि राजनीतिक गरिएको हुँदा अध्यनरत विधार्थीहरुको पढाईमा असर पर्नुका साथ साथै शैक्षिक सत्र ०७८/७९ को गरिब तथा जेहेन्दार छात्रवृत्तिमा अनियमितता भयो भनेर जिम्मेवार स्ववियु सचिव सोबिन तामाङले छात्रवृत्तिको प्रतिफलनै खारेज होस भने खारेजीको माग राखेको कारण विवादका कारण विधार्थीको पाउने सेवा वितरणमा ढिलाइ हुँदै गएको कुरा प्रष्ट पार्नु हुँदै आफुले गर्दै नगरेको गलतीको नयाँ कथा बनाएर आफ्नो इमानदारीता छवि माथी प्रहार गर्दै विधार्थी माझ अध्यक्षलाई गलत सावित गर्ने कोशिश गरिएको भनी आरोप प्रति निन्दा सहित खेद व्यक्त गर्नु भएको थियो। त्यसैगरी क्याम्पसका विधार्थीहरुका अधिकार अभिभावक भएको हिसाबबाट संवेदनशिल रुपमा आत्मासात गरि अगाडी बढने थप प्रतिबद्धता पनि व्यक्त गर्दै यस्ता “स्ववियु” को निर्देशिका संविधान विपरीत राजनैतिक दम्भ बोकेर खडा गरेको यस्ता अवुरोधको आफ्नो आफ्नो ठाउँबाट डटेर प्रतिकार गर्न तमाम विधार्थीलाई अनुरोध व्यक्त गरेका थिए।

राजनीति खिच्चातानी का नाममा क्याम्पसको शैक्षिक प्रणालीनै धमिलो हुने गरि गरिएको क्रियाकलाप जस्तै आफुले राजनीति नगरेको र विज्ञप्ति मार्फत केवल आफुलाइ लागेको निराधार दाग लगाउने तत्वको प्रतिवाद गरेको कुरा जाहेर गर्दै। क्याम्पसका विधार्थीहरु माझ पर्न गएको नकारात्मक असरको जिम्मा “स्ववियु” सचिव,उपाध्यक्ष,सह-सचिव, कोषाध्यक्ष संगै अन्य सम्बन्धित सदस्यले लिनु पर्ने कुरा स्पष्ट व्यक्त गर्नु भएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *