सोलुखुम्बु । सोलु दुधकुण्ड नगरपालिका-५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईलीले मादक पदार्थ सेवन गरी आफ्नै २५ वर्षीय छोरा समेत २ जनालाई गए राति एसिड प्रहार गरेका छन् ।
एसिड प्रहारबाट घाइते भएका दुवै जनालाई जिल्ला अस्पताल फाप्लु हुँदै थप उपचारको लागि बीर अस्पताल काठमाडौं रिफर गरिएको छ ।
बराईलीलाई गए राति नै पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।