Search
Close this search box.
Search
Close this search box.

आफ्नै भाईद्वारा दाईलाई खुकुरी प्रहार, अवस्था गम्भीर

रामेछापको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्डको कुवुकास्थलीमा भाइले हानेको खुकुरी प्रहारबाट दाइको अवस्था गम्भीर रहेको छ । गएराति घरायसी विवाद हुँदा उमाकुण्ड गाउँपालिका– ३ कुवुकास्थलीस्थित कोलाका ओसिराम बस्नेतले आफ्नै दाजु ४९ वर्षीय देवबहादुर बस्नेतमाथि खुकुरी प्रहार गरेका थिए ।

भाइले हानेको खुकुरी प्रहारबाट दाजु देवबहादुरको दुवै खुट्टा र दाहिने हातमा गहिरो चोट लागेको छ । उनलाई स्थानीयहरूले घटनास्थलबाट तत्काल उद्धार गरी स्वास्थ्य चौकी लगेका थिए ।

EPIC

स्थानीय स्वास्थ्य चौकीमा उनको उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित ग्रान्डी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी शैलेन्द्रकुमार खड्काले जानकारी दिए ।

उक्त घटनापछि खुकुरी प्रहार गर्ने ओसिरामलाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीकाे भनाइ छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *