आमासंँग नगर उपप्रमुख कार्यक्रम : भद्रपुरमा गर्भवती महिलालाई मह र घिऊ

भद्रपुर । गर्भावस्था र स्तनपान गराउने बेलामा उचित पोषण भएन भने आमाको स्वास्थ्य र जन्मने शिशुको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने भन्दै भद्रपुर नगरपालिकाले गर्भवती महिलाहरुलाई पौष्टिक आहार प्रदान गर्दै आएको छ ।

आमासंँग नगर उपप्रमुख कार्यक्रम अन्तरगत पालिकाले बार्षिक नीति तथा कार्यक्रम मार्फत बजेट ब्यवस्थापन गर्दै गर्भवती महिलाका लागि पौष्टिक आहार प्रदान गर्दै आएको हो । जसमा गर्भवती महिलालाई आवश्यक पर्ने पौष्टिक आहारसँंगै मह र घिऊ समेत प्रदान गर्ने गरिएको भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले बताइन् । यो सेवा लिन गर्भवती महिलाले सामुदायिक अस्पतालमा कम्तीमा दुईपटक स्वास्थ्य जाँच गराएको हुनुपर्छ –उपप्रमुख कार्कील भनिन्– सबै गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच गराउनका लागि पे्ररित गर्ने उद्देश्यले हामीले यो कार्यक्रम सञ्चालन गरेका हौं ।

EPIC EPIC EPIC EPIC EPIC

नगरले सञ्चालन गरेको यो कार्यक्रम अन्तरगत अहिले नगर क्षेत्रका नौ सय गर्भवती आमाहरुले अस्पतालमा नियमित स्वास्थ्य जाँच गराउँदै सेवा लिएको उपप्रमुख कार्कीले बताइन् । स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्ने महिलाहरुलाई अहिले नगद दुई हजार रुपैयाँ समेत प्रदान गर्छौं –उनले भनिन् । भद्रपुर नगरपालिकाले आमासँंग नगर उपप्रमुख कार्यक्रमका लागि २० लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको छ ।

सोही रकमबाट गर्भवती महिलाहरुलाई मह र घिऊ प्रदान गर्ने गरिएको छ । त्यस्तै नगरले परिवार कल्याण कार्यक्रम अन्तरगत आमा सुरक्षा, गर्भवती उत्प्रेरणा सेवा, रक्त सञ्चार, न्यानो झोला, नवजात शिशुको निःशुल्क उपचार लगायतका कार्यक्रम समेत सञ्चालन गरेको छ । मातृ तथा नव शिशु कार्यक्रम सञ्चालन गर्न १५ लाख रुपैयाँ भन्दाबढी बजेटको व्यवस्थापन गर्दै कार्यक्रम सञ्चालन भइरहेको नगरउपप्रमुख कार्कीले बताइन् । ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *