Search
Close this search box.
Search
Close this search box.

आयल निगमले बढायो पेट्रोल, डिजेल र ग्यासको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । शुक्रबार रातिबाट लागू हुने गरी निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाएको हो ।

निगमले पेट्रोलको साबिकको बिक्री मूल्यमा रुपैयाँले वृद्धि गरी १३३ रुपैयाँ कायम गरेको छ भने डिजेल-मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६ रुपैयाँ पुर्‍याएको छ ।

EPIC EPIC

आन्तरिक तथा बाह्य हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर रु. १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ ।

एलपी ग्यासमा काठमाडौँको साबिक बिक्री मूल्यमा प्रति सिलिन्डर रु. ५० रुपैयाँलेले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रतिसिलिन्डर कायम गर्ने निर्णय गरेको छ ।

निगमले पछिल्लो केही समययता निरन्तर मूल्य बढाउँदै आएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *