आयोगले सार्वजनिक गर्‍यो मंसिर ४ गते हुने निर्वाचनलाई उम्मेदवारको चाहिने योग्यता

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ मा हुने प्रत्यक्षतर्फ उम्मेदवारीका लागि चाहिने योग्यताको सूची सार्वजनिक गरेको छ । आयोगले कस्ता उम्मेदवार योग्य र कस्ता अयोग्य हुने भन्नेबारे सूची जारी गरेको हो ।

निर्वाचन आयोगले आज सार्वजनिक गरेको असोज २३ गते आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने क्रममा उम्मेदवार योग्य र अयोग्य हुने आधार सार्वजनिक गरेका छन् । आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उम्मेदवार सुरुमा नेपालको नागरिक हुनुपर्ने योग्यता राखिएको छ । त्यसपछि ुप्रतिनिधिसभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएकोु हुनुपर्ने उल्लेख छ ।

EPIC EPIC EPIC EPIC EPIC

उम्मेदवार बन्नका लागि २५ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ भने कुनै पनि संघीय कानुनले अयोग्य नभएको हुनुपर्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उम्मेदवार बन्नका लागि कुनै लाभको पद बहाल नरहेको हुनुपर्ने पनि आयोगले भनेको छ ।’यस प्रयोजनको लागि “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक कुनै सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छु भन्ने व्याख्या गरिएको छ ।

यो योग्यताको कानुनी व्यवस्था प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन आयोगले निर्धारण गरेको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ मा गरिएको छ ।

त्यस्तै, ुनिर्वाचनसम्बन्धी प्रचलित कानूनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेकोु व्यक्ति पनि उम्मेदवार बन्न अयोग्य हुनेछ । भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्ति पनि उम्मेदवार बन्न अयोग्य हुनेछन् ।

संगठित अपराधसम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, जातीय भेदभाव तथा छुवाछुत, बोक्सा बोक्सी वा बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको, यसबाहेक अन्य कसूरमा पाँच वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, प्रचलित कानूनबमोजिम कालो सूचीमा रहेका, कैदमा बसेकोमा कैद बसेको अवधिभर, नेपालको संविधानको धारा २९१ विपरीत विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको, मानसिक सन्तुलन ठीक नभएको व्यक्ति पनि निर्वाचनमा उम्मेदवार बन्न अयोग्य हुनेछन् ।

आयोगले यसबारे भनेको छ, ‘मनोनयनपत्र दर्ता भएको कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने अन्य कुनै उम्मेदवार वा निजको प्रतिनिधिलाई लागेमा सो विषयमा स्पष्ट प्रमाण सहित सम्बन्धित निर्वाचन अधिकृत समक्ष उजूरी दिन सकिने व्यवस्था छ । यसरी उजुरी परेको मनोनयनपत्र र दर्ता भएका मनोनयनपत्र जाँच गर्दा कानुनबमोजिम उम्मेदवार हुनका लागि आवश्यक योग्यता पूरा नगरेको र अयोग्यता रहेको भएमा सम्बन्धित निर्वाचन अधिकृतबाट त्यस्तो उम्मेदवारी बदर हुनेछ ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *